अधिकारकर्मीहरुसँग महिला कैदीबन्दीले मनाए तिज

राजविराज । राजविराज कारागारभित्र रहेका महिला कैदीबन्दीहरूले तिज मनाएकी छन् । तिज महोत्सव मुल समारोह समिति सप्तरीका सदस्य र अधिकारकर्मीहरूसँगै उनीहरुले कारागारमा तिज मनाउनु भएकी हुन् ।

समारोहका सदस्यहरूसहित कारागार पुगेका तिज महोत्सव समितिकी संयोजक पुनम पोखरेलले कैदीबन्दी महिलालाई मिठाई खुवाउनुका साथै चुरा, पोते, टिकालगायतको सृङ्गारका सामान दिएर तिजको दर मनाएकी छन् । समितिले बिहीबार राजविराजमा मौलिक गीत, नृत्यसहितको प्रतियोगितात्मक तिज महोत्सव आयोजना गरिरहेको छ । त्यसअघि कारागारका महिला बन्दी गृहमा पुगेर महिला कैदीबन्दीहरूलाई दर स्वरूप मिठाई खुवाउनुका साथै सृङ्गारका सामान प्रदान गरिएको हो ।

वर्ष दिनको पर्व मनाउन पाउनु सबैको अधिकार भएकोले बाहिर निस्केर तिज मनाउन नपाएका महिलाहरूसँग खुसि साटासाट गर्न कार्यक्रम गरिएको व्यवस्थापन उपसमितिकी संयोजक अनीता देवकोटाले जानकारी दिइन् । कार्यक्रममा इन्सेक प्रतिनिधी मनोहर पोखरेल, अधिवक्ता मनु खनाल, मनोविमर्शकर्ता रन्जना चौधरी, सामाजिक कार्यकर्ता रिया राय सञ्चेतीलगायतको सहभागिता रहेको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस