२४ घण्टामा १ हजार १४६ कोरोना संक्रमित थपिए, २१ को मृत्यु

जनकपुरधाम, २५ भदौ । देशभर पछिल्लो २४ घण्टामा १ हजार १४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालामा गरिएको ८ हजार ५४९ जनाको पीसीआर परीक्षणमा ९६१ र २ हजार ३६७ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणबाट १८५ जनामा कोरोना पुष्टि भएको हो ।

सोही अवधिमा देशभर १ हजार ६६० जना कोरोना संक्रमणमुक्त छन् । यसैगरी पछिल्लो २४ घण्टामा थप २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

Author:

क्याटोगरी छान्‍नुहोस