BREAKING: जसपा प्रदेश २ का मुख्यसचिव झाद्वारा राजीनामा

राजविराज, २४ असोज । जनता समाजवादी पार्टी (जसपा) नेपाल प्रदेश २ का मुख्यसचिव शम्भु झाले पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएका छन् ।

उनले आइतवार सामाजिक सञ्जालमार्फत राजीनामाबारे जानकारी गराएका हुन् । उनले पार्टीमा काम गर्ने आफ्नो योग्यता र क्षमता नभएकोले आजैको मितिबाट पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको उल्लेख गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्–‘म जनता समाजवादी पार्टीको मुख्यसचिव भएर विगत ५ वर्ष २ महिना देखि काम गरे।मेरो योग्यता र क्षमता भन्दा ठुलो पद मैले पाएँ । म आफ्नो कार्यकालका प्रदेश अध्यक्ष आदररणीय रेणु यादव र आदरणीय विजय यादव प्रति सदैव ऋृणी रहिरहने छु । म बाचुन्जेल अन्य कुनै पनि राजनीतिक पार्टीमा जाँदिन । यस पार्टीमा काम गर्ने मेरो योग्यता र क्षमता नभएकोले आजको मिति देखि म जसपाको प्रदेश मुख्यसचिव लगायत पार्टीको सम्पुर्ण जिम्मेवारी वाट राजीनामा दिएको कुरा आदरणीय राष्ट्रीय अध्यक्ष तथा प्रदेश अध्यक्ष लाई यसै मार्फत जानकारी गराऊन चाहन्छु ।’

Author:



क्याटोगरी छान्‍नुहोस