सुनसरीमा हिरासतमै थुनुवाको मृत्यु, आफन्तद्वारा प्रदर्शन

सुनसरी । जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका थुनुवाको मृत्यु भएपछि आफन्तजनले प्रदर्शन गरेका छन् । प्रदर्शनकै क्रममा पीडितका आफन्तसहितका भीडले प्रहरीमाथि आक्रमण थालेपछि दोहोरो झडप समेत भएको छ ।

सो पश्चात प्रहरीले प्रर्दशनकारीलाई लखेट्न आधा दर्जन बढी अश्रुग्यास समेत प्रहार गरेको छ । झडपमा प्रहरी सहित एक दर्जन बढी घाइते भएका छन् । प्रर्दशनकारीले पूर्वपश्चिम राजमार्ग समेत अवरुद्ध पारेका छन् । प्रहरीले सुनियोजित रुपले थुनामा रहेका व्यक्तिको हत्या आफन्तको आरोप छ ।

उता जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख सञ्जय सिंह थापाले सीसीटीभी क्यामेरामा स्पष्ट आत्महत्या गरेको देखिएकाले प्रहरीमाथि आक्षेप लगाउनु उचित नहुने बताए । घटना अनुसन्धानको क्रममा रहेकाले छानविन हुने उनको कथन छ ।

प्रहरीका अनुसार अभद्र व्यवहार मुद्धामा पक्राउ परेका भोक्राहा ५ का मोहम्मद हकिम साह अनुसन्धानको क्रममा थुनामा थिए । पीडित पक्षले भने केटाकेटी राजीले भागेको विषयमा राजनीति लादिएको बताएका छन् । उनीहरुले केटीलाई परिवार पक्षले छुटाएर लगेको र केटालाई अभद्र व्यवहारमा मुद्दा चलाइएकोमा थुनामै मृत्यु हुनु सुनियोजित भनेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस