सप्तरीका एमआईएस अपरेटर र फिल्ड सहायक कर्मचारीद्वारा शुभकामना आदान प्रदान

राजविराज । सप्तरीका स्थानीय तहमा कार्यरत एमआईएस अपरेटर तथा फिल्ड सहायक कर्मचारीहरुले बडादशैंको अवसरमा शनिवार शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ । एमआईएस अपरेटर तथा फिल्ड सहायक कर्मचारीहरुको समितिद्वारा रुपनी गाउँपालिकाको सभाहलमा कार्यक्रमको आयोजना गरेको हो ।

समितिका अध्यक्ष रविन्द्रकुमार साहको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा एमआईएस अपरेटर र फिल्ड सहायक कर्मचारीहरु अनिलकुमार यादव, प्रमेश्वर प्रसाद गुप्ता, अरविन्द कुमार सरदार, संजय कुमार लेखी, इन्द्रदेव यादव, रुबीकुमारी यादव, प्रदिप कुमार यादवको उपस्थिती थियो ।

यसैगरी जयप्रकाश यादव, सुजित दास, विरेन्द्रकुमार पाठक, विनोद कुमार यादव, भुपेन्द्रकुमार यादव, रतन कुमार मिश्र, कृष्णा कुमारी महतो, कृष्णाकुमारी चौधरी, दिपेन्द्र कुमार खंग, शिवविकास यादव, विकास कुमार चौधरी, धर्मदेव चौधरी लगायतको उपस्थिती रहेको समितिका सल्लाहकार अनिल कुमार यादवले जानकारी दिए ।

Author:



क्याटोगरी छान्‍नुहोस