माओवादी केन्द्रद्वारा प्रदेशका पदाधिकारी चयन (सूचीसहित)

जनकपुरधाम, २४ असोज । नेकपा माओवादी केन्द्रले प्रदेश २ को अध्यक्षतामा प्रल्हाद बुढाथोकीलाई चयन गरेका छन् । स्थायी कमिटीको हालै बसेको बैठकबाट विभिन्न प्रदेशका नेतृत्वलाई पूर्णता दिएको हो ।

यसैगरी सचिवमा जोग कुमार बरबरिया यादवलाई चयन गरिएको जनाएको छ । यसैगरी प्रदेश १ को सचिवमा हेमराज भण्डारी चयन भएका छन् । अध्यक्षमा यसअघिकै सुरेशकुमार राई छन् ।

वागमती प्रदेशको सचिवमा अञ्जना विशंखे चयन भएकी छन् । अध्यक्ष यसअघि नै नारायण दाहाल छन् । माओवादी केन्द्रले गण्डकी प्रदेशको सचिवमा देवेन्द्र पराजुली, सुदूरपश्चिमको अध्यक्षमा शरदसिंह भण्डारी र सचिवमा देवीलाल चौधरीलाई चयन गरेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस