प्रदेश १ मा को–को बन्दैछन् मन्त्री ?

विराटनगर । प्रदेश १ का मुख्यमन्त्रीमा राजेन्द्र राई नियुक्त भएका छन् । नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश प्रमुख सोमनाथ अधिकारीले राईलाई मंगलबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

आज नै प्रदेश प्रमुख अधिकारी समक्ष सपथ ग्रहण गरेका मुख्यमन्त्री राईले सानो आकारको मन्त्रपरिषद् आजै विस्तार गर्ने भएका छन् । एकीकृत समाजवादीसहित नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको समर्थन पाएका राईले सबै दललाई मिलाएर मन्त्रीमण्डल विस्तार गर्ने भएका छन् ।

दलीय सहमति अनुसार जनता समाजवादीबाट जयराम यादवलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिँइदैछ । त्यसैगरी नेकपा माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बोले आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी दिँइदैछ । भने नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय र उपनेता हिमाल कार्कीलाई भौतिक पूर्वाधार विकास मन्त्रीको जिम्मेवारी दिन लागिएको स्रोतले जनाएको छ ।

स्रोतले दिएको जानकारी अनुसार संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चकी सांसद विष्णुमाया तुम्बाहाङ्फेलाई सामाजिक विकास राज्यमन्त्रीको जिम्मेवारी दिन लागिएको छ । सोमबार मुख्यमन्त्रीबाट भीमप्रसाद आचार्यले राजीनामा दिएसँगै राईलाई मुख्यमन्त्री बनाउने प्रक्रिया सुरु भएको थियो ।गत भदौ १० गते मुख्यमन्त्रीमा नियुक्त भएका आचार्य अल्पमतमा परेसँगै राजीनामा दिएका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस