देशभर थप ४६९ जनामा कोरोना पुष्टि, ११ जनाको मृत्यु

जनकपुरधाम । देशभर पछिल्लो २४ घण्टामा ४६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार २८७ जनाको पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ४६९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ९ लाख ०८ हजार १०७ पुगेको छ । सोही अवधिमा देशभर ५५५ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख ९२ हजार ८३२ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप ११ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार २७ पुगेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस