मुख्यमन्त्री राउतद्वारा एकैदिन चार वटा योजनाको शिलान्यास

जनकपुर, १६ कार्तिक । प्रदेश २ का मुख्यमन्त्री लालबावु राउतले रौतहटको वौद्धिमाई नगरपालिकामा एकैदिन चार वटा योजनाको शिलान्यास गरेका छन् । सो योजनाहरु प्रदेश सरकारको लगानीमा निर्माण हुन लागेको हो ।

वौद्धिमाई नगरपालिका र मौलापुर जोडने मुख्य सडकमा पुल, वडा नम्वर ४ इनरवारीस्थित शंकर स्थान पोखरीको सौन्दर्यकरण र इनरवारीमै धर्मशाला निर्माणको मुख्यमन्त्री राउतले शिलान्यास गरेका हुन् । यसैगरी प्रदेश सरकारद्वारा प्रत्येक निर्वाचन क्षेत्रमा निर्माण हुने पाँच किलोमिटर पक्की सडक निर्माण गर्ने कार्यअन्तर्गत वडा नम्वर ५ गण्डक नहरदेखि ग्वाली चौक हुँदै इनर्बा मटिअर्वासम्मको सडक निर्माण कार्यको शिलान्यास गरिएको मुख्यमन्त्रीको सञ्चार सचिवालयले जनाएको छ ।

शिलान्यास कार्यक्रममा प्रदेश सभा सदस्य राम किशोर यादव, अबुल कलाम आजाद ‘फुलवाबु’, बौद्धिमाई नगरपालिकाका प्रमुख राजु यादव लगायतको उपस्थिती थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस