सञ्चारकर्मी सौरभले सदा वस्तीका वालबालिकासँग मनाए जन्मदिन

राजविराज, १६ कार्तिक । सञ्चारकर्मी सौरभ यादवले सदा (मुसहर) बस्तीका वालवालिकालाई शैक्षिक सामग्री वितरण गरेर जन्मदिन मनाएका छन् ।

उनले सप्तरीको विष्णुपुर गाउँपालिका–६ गोरगामास्थित सदा बस्तीका एक दर्जनबढी वालबालिकालाई शैक्षिक सामग्री वितरण गरेर जन्मदिन मनाएका हुन् ।

‘शिक्षा क्षेत्रमा पछाडी परेका दलित समूदायका केही बालबालिकालाई जन्मदिनको अवसरमा थोरै शैक्षिक सामग्री दिन पाउदा खुशी लागिरहेको छ’ उनले भने–‘यो केही नभए पनि बालबालिकालाई पठनपाठनमा केही हदसम्म सहयोग हुने विश्वास छ ।’

राजविराज निवासी उनी मधेशलाइभ अनलाइनका समाचार संयोजक र एपी वान टेलिभिजनका सप्तरी प्रतिनिधि हुन् ।

Author:



क्याटोगरी छान्‍नुहोस