निर्वाचन प्रणाली परिवर्तन नभएसम्म उत्पीडित समुदायकाे पुर्ण प्रतिनिधित्व हुन सक्दैन: अध्यक्ष यादव

कमलकुमार मण्डल

राजविराज, ३० कार्तिक । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान निर्वाचन र शासकीय प्रणाली परिवर्तन गर्नुपर्नेमा जोड दिएका छन् । मंगलवार सप्तरीको कंचनपुरमा आयोजना गरिएको संगठन सुदृढिकरण तथा जनजागरण अभियान एवम् बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।

‘अहिलेको निर्वाचन र शासकीय प्रणाली परिवर्तन नभएसम्म उत्पीडित समुदाय पुर्ण रुपले प्रतिनिधित्व हुन सक्दैन’ उनले भने-‘पुर्ण समावेशी प्रतिनिधित्वकालागि जनसंख्याको आधारमा पुर्ण समानुपातिक निर्वाचन प्रणाली र शासन/प्रशासनमा सहभागीता हुनुपर्ने आवश्यकता छ ।’

जसपा मुलुकमा विभेद र भेदभाव परेका समुदायलाई राजनीति अधिकार सम्पन्न बनाउन संघर्षरत रहेको अध्यक्ष यादवको कथन छ । ‘उत्पीडित समुदायको अधिकार प्राप्तिको लडाई अझै जारी छ’ उनले भने-‘देशमा सदियौं देखि पछाडी पारिएका समुदायको हक अधिकार अझै पुर्ण रुपले स्थापित भईसकेको छैन् ।’

लामो संघर्ष र सहिदको वलिदानीबाट प्राप्त उपलब्धि समाप्त पार्ने षड्यन्त्र भईरहेको चर्चा गर्दै अध्यक्ष यादवले गणतन्त्र, संघीयता समावेसितासहितको उपलब्धि रक्षाका लागि उत्पीडित समुदायहरु एकजुट हुनुपर्नेमा जोड दिए ।

जसपा कंचनरुप नगरपालिकाका अध्यक्ष सुदम्बर यादवको अध्यक्षतामा आयोजित कार्यक्रमा राष्ट्रिय सभा सदस्य एवम् पुर्व मन्त्री मृगेन्द्र सिंह यादव, प्रदेश २ का अर्थ मन्त्री शैलेन्द्र प्रसाद साह, सामाजिक बिकास मन्त्री नवल किशोर साह,सप्तरी निर्वाचन क्षेत्र नम्बर १ का सांसद डा. सुर्य नारायण यादव, जसपा तराई मधेश प्रदेश समितिका निवर्तमान मुख्य सचिव शम्भु झा, जसपा सप्तरीका अध्यक्ष केदार यादव लगायतकाले सम्बोधन गरे ।

जसपा कंचनरुप नगर सचिव चित्तरंजन यादवद्वारा संचालन गरिएको कार्यक्रममा स्वागत उपाध्यक्ष कल्पना चौधरीले गरिन् । सोही कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि एक हजारौं नेता/कार्यकर्ताहरु जसपामा प्रवेश गरेका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस