कक्षा १२ को परीक्षाफल मंसिर १५ भित्र सार्वजनिक हुने

जनकपुरधाम । कक्षा १२ को परीक्षाफल मंसिर १५ भित्र नै सार्वजनिक हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले गर्ने मंसिर १५ भित्र नतिजा सार्वजनिक गर्ने तयारी भैरहेको जानकारी दिएको छ ।

बोर्डले मंसिर १५ भित्र नै परीक्षाफल प्रकाशित गर्ने गरी तयारी भइरहेको भए पनि केही दिन अगाडिपछाडि पनि हुन सक्ने बताएको छ ।

बोर्डले परीक्षार्थीको उत्तरपुस्तिका परीक्षण गर्ने, तालिकीकरण गर्ने, संपरीक्षण गर्ने लगायतका काम एकैसाथ धमाधम भइरहेको जानकारी दिएको छ ।

कोरोना महामारीका कारण दुई पटक स्थगित भएको कक्षा १२ को परीक्षा भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन भएको थियो । बोर्डले देशभरका चार हजार तीन सय १५ परीक्षा केन्द्रमा होम सेन्टर तोकेर परीक्षा सञ्चालनको गरेको थियो ।

परीक्षा नियन्त्रण कार्यालयका अनुसार यो वर्ष करिब पौने चार लाख विद्यार्थीले परीक्षामा सहभागी भएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780