प्रेस स्वतन्त्रता सेनानी झालाई लक्ष्मी-मुक्ति स्मृति पत्रकारिता पुरस्कार

राजविराज । प्रेस स्वतन्त्रता सेनानी पत्रकार बैद्यनाथ झा लक्ष्मी-मुक्ति स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । नेपाल पत्रकार महासंघ सप्तरीका संस्थापक अध्यक्ष तथा मिडिया काउन्सिल प्रदेश २ का अध्यक्ष शिवहरी प्रसाद भट्टराईले आफ्नो बाबुआमाको नाममा घोषणा गरेको पुरस्कारबाट मंगलबार झा सम्मानित भएका हुन्।

कार्यक्रममा नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवणकुमार देवले झालाई नगद पाँच हजारसहित दोसल्ला ओढाएर सम्मान गरेका थिए । साे अवसरमा भट्टराईले आफुलाई जन्म दिने आमाबाबुको नाममा दुई वर्षदेखि पाँच हजार राशिकाे पुरस्कार प्रदान गर्दै आएकोमा अब कर्म दिने कान्छीआमा बालकुमारी भट्टराईको पनि नाम थपि पुरस्कार राशि सात हजार बनाएकाे बताए । उनले पुरस्कारकाे नाम पनि अब लक्ष्मी, मुक्ति-बालकुमारी स्मृति पत्रकारिता पुरस्कार हुने घोषणा गरे।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780