प्रदेश २ का उद्योगमन्त्री रामनरेश राय पदमुक्त,नेकपा एसबाट शत्रुधन महतो मन्त्री बन्दै

जनकपुर । प्रदेश २ का उद्योग, पर्यटन तथा वनमन्त्री रामनरेश राय पदमुक्त भएका छन् । मुख्यमन्त्री लालबाबु राउतको सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले मन्त्री रायलाई मंगलबार पदमुक्त गरेका हुन् ।

तत्कालका लागि उद्योग, पर्यटन तथा वन मन्त्रालयको कार्यभार मुख्यमन्त्री राउत आफैले सम्हालेका छन् । मुख्यमन्त्री राउतले सत्ता गठबन्धनकै दल नेकपा एकीकृत समाजवादीलाई सरकारमा सामेल गर्न आफ्नै पार्टीबाट मन्त्री बनेका रायलाई पदमुक्त गरेका हुन् ।

गठबन्धन सरकारको नेतृत्व गरेका मुख्यमन्त्री राउतले यसअघि सरकारमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रलाई सामेल गरिसकेका छन् । नेकपा एकीकृत समाजवादीलाई पनि सरकारमा सामेल गर्न उनले मन्त्रालयको भागवण्डा मिलाउने उद्देश्यले मन्त्री रायरायलाई पदमुक्त गरेको हो ।

स्रोतका अनुसार नेकपा एकीकृत समाजवादीबाट प्रदेश सरकारमा सो पार्टीका संसदीय दलका नेता शत्रुधन महतो सामेल हुँदैछन् ।

 

Author:



क्याटोगरी छान्‍नुहोस