लोसपामा प्रवेश गरे युवा नेता मण्डल

काठमाडौं, १३ पुस । सप्तरीको महादेवा गाउँपालिका–५ निवासी युवा नेता ई.सरोज मण्डलले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)मा प्रवेश गरेका छन् ।

उनले नेकपा माओवादी केन्द्र परित्याग गरी लोसपामा प्रवेश गरेका हुन् । मंगलबार लोसपाका अध्यक्ष महन्थ ठाकुरको हातबाट मण्डलले सदस्यता लिएका छन् ।

मण्डल पछिल्लो निर्वाचनमा वाम गठबन्धनबाट सप्तरी क्षेत्र नं.२ (क)बाट प्रदेशसभा सदस्य पदमा चुनाव लडेका थिए । सोही कार्यक्रममा महादेवा गाउँपालिकाकै अर्का नेता सुरेन्द्र यादवले पनि लोसपाको सदस्यता लिएका हुन् ।
कार्यक्रममा लोसपाका केन्द्रीय नेता जयप्रकाश ठाकुर, महादेवा गाउँपालिकाका नेता सुनिल मण्डल, डा. उज्ज्वल ठाकुर लगायतको उपस्थिती थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस