रौतहटमा जन्ती बोकेको कार दुर्घटना हुँदा ५ जनाको मृत्यु

जनकपुर, १३ पुस । रौतहटमा जन्ती बोकेको कार दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । गौर–चपुर सडकखण्ड अन्तर्गत गरूडामा गौरबाट चन्द्रनिगाहपुरतर्फ जाँदै गरेको भारतीय बीआर०५पीए ६९५३ नम्बरको कार दुर्घटनामा परेको हो ।

नौ जना सवार रहेको सो कार गरूडामा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायव उपरीक्षक (डिएसपी) श्रीराम भण्डारीले बताए ।

चार जना घाइतेहरुलाई उपचारको लागि गरूडा अस्पताल पठाइएको छ भने मृतको पहिचान खुल्न सकेको छैन् ।

Author:



क्याटोगरी छान्‍नुहोस