प्रदेश २ को नाम र राजधानी टुंग्याउन विशेष समिति गठन

जनकपुरधाम, १३ पुस । प्रदेश २ को नाम र स्थायी राजधानीका टुंग्याउनका लागि प्रदेश सभाले विशेष समिति गठन गरिएको छ । मंगलबार बसेको प्रदेश सभा बैठकमा सभामुख सरोज यादव संयोजक तथा उपसभामुख उपमा देव सहसंयोजक रहने गरी १६ सदस्यीय विशेष समिति गठन गरिएको हो ।

समितिलाई नामाकरण र राजधानीका लागि पेस भएको प्रस्तावमाथि अध्ययन तथा छलफल गरी १५ दिनभित्र प्रदेश सभामा पेस गर्ने समय दिइएको छ ।

प्रदेशसभामा नामसम्बन्धी चारवटा प्रस्ताव र राजधानीबारे २ वटा प्रस्ताव दर्ता भएको छ । प्रदेशको नामाकरणका लागि ‘मधेश प्रदेश’,‘मिथिला–भोजपुरा प्रदेश’, ‘जानकी प्रदेश’ र ‘मध्य मधेश प्रदेश’ प्रस्ताव पेस भएको छ ।

यसैगरी नामका लागि जनकपुरधाम र वीरगंज प्रस्ताव पेस भएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस