सर्लाहीमा भोली साँझ ७ बजेसम्मकालागि निषेधाज्ञा जारी

जनकपुरधाम, १३ पुस । सर्लाही प्रशासनले जिल्लाको ईश्वरपुरमा निषेधाज्ञा जारी गरेको छ । गत शनिवार राति प्रहरीको गाडीको ठक्करबाट स्थानीयको मृत्यु भएको विषयलाई लिएर तनाव बढेपछि ईश्वरपुरमा निषेधाज्ञा जारी गरिएको हो ।

आज (मंगलवार) दिउँसो ३ बजेदेखि भोली (बुधबार) राति ७ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएकोे जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार ईलाका प्रहरी कार्यालय केशरजंगबाट पूर्व ईश्वरपुर नगरपालिकाको वडा नम्बर ४ सागरनाथ टोलसम्म र पश्चिममा ईश्वरपुर–८ रामपुर टोलसम्म, ईलाका प्रहरी कार्यालय केशरजंगबाट उत्तर ईश्वरपुर नगरपालिका–५ सखुबानी टोलसम्म तथा दक्षिणमा वडा नम्बर ९ खोरिया टोलसम्म निषेधाज्ञा जारी गरिएको छ ।

निषेधाज्ञाको समयमा घरबाहिर हिँडडुल गर्न रोक लगाइएको छ । प्रहरीको गाडीले ठक्कर दिँदा स्थानीय व्यवसायी रामकुमार महतोको मृत्यु भएपछि स्थानीय वासिन्दाले लगातार प्रदर्शन गर्दै आएका छन् भने हिजो मात्रै स्थानीयहरुले प्रहरीको गाडीसमेत जलाइदिएका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस