सिरहाका एसपीलाई सीके राउतको धम्की–‘बजारको बीचमा जनकारबाही हुन्छ’

राजविराज, १३ पुस । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले गिरफ्तार गरिएका आफ्ना कार्यकर्तालाई दुव्र्यवहार भएको भन्दै सिरहाका प्रहरी प्रमुख प्र्रहरी उपरीक्षक (एसपी) लाई जनकारबाही गर्ने धम्की दिएका छन् ।

मंगलबार राउतको सचिवालयले सामाजिक सञ्जालमार्फत सिरहाका एसपी हिराबहादुर पाण्डेलाई जनकारबाही गर्ने धम्की दिएको हो । उनले हिरासतमा रहेका कार्यकर्तासँगको व्यवहार सुधार्न पनि एसपी पाण्डेलाई चेतावनी दिएका हुन् ।

‘गिरफ्तार गरिएका आन्दोलनकारीसँग दुर्व्यवहार भइराखेको, जाडोमा कपडा समेत नदिएको, लगाएको ज्याकेट पनि खोल्न लगाएको, परिवार र वकिलसँग सम्पर्क गर्न नदिएको र प्राथमिक उपचार समेत गर्न नदिएको समाचार आएको छ,’सीके राउतको सचिवालयको फेसबुक पेजमा लेखिएको छ, ‘यदि २४ घण्टाभित्र हिरासतमा रहेका आन्दोलनकारीसँग व्यवहार र सुविधामा सुधार भएन भन्ने कारबाही गर्न जनतालाई पनि आउँछ । सिरहा बजारको बीच चोकमा जनकारबाही हुन्छ ।’

जिल्लाको औरही गाउँपालिकाले किसानलाई वितरण गर्न भन्दै स्थानीय स्वास्थ्य चौकीमा राखेको गहुँको बीउ वितरण गर्न ढिलाई गरेको भन्दै केही किसानले आफैं लिएर गएका थिए । प्रहरीले गहुँ लुटेको आरोपमा ४ जनाविरुद्ध मुद्दा नै दायर गरेपछि किसान र जनमत पार्टी आन्दोलित छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780