प्रादेशिक गौरवका योजनाहरुलाई प्राथमिकता दिन मुख्यमन्त्रीको निर्देशन

जनकपुरधाम, १४ पुस । मुख्यमन्त्री लालबाबु राउतले प्रादेशिक गौरवको योजनाहरुलाई प्राथमिकतामा राख्न निर्देशन दिएको छ । राष्ट्रीय योजना आयोगले आज (बुधवार) जनकपुरधाममा आयोजना गरेको प्रदेश स्तरीय क्षमता विकास कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री राउतले मातहतका अधिकारीहरुलाई उक्त निर्देशन दिएको हो ।

जानकारीको आभावमा प्रदेश तथा स्थानीय सरकारले सम्पुरक तथा विशेष अनुदान पर्याप्त मात्रामा प्राप्त गर्न नसेकको मुख्यमन्त्री राउतलको भनाई थियो । संघीय सरकारले बजेटको न्यायोचित बाँडफाँड नगरेको गुनासो गर्दै मुख्यमन्त्री राउतले बजेटको बाँडफाँड जनसंख्या, एचडिआई र बहुआयामिक गरिबीलाई आधार बनाएर गर्न मांग समेत गरे ।

Author:



क्याटोगरी छान्‍नुहोस