नागरिक सक्रियता परियोजनाले क्षमता विकासमा सहयोग : उपाध्यक्ष यादव

बिष्णुपुर (सप्तरी) । बिष्णुपुर गाउँपालिकाकी उपाध्यक्ष जंजिरा देवी यादवले ‘नागरिक सक्रियता’ परियोजनाले गाउँपालिकालाई अति नै सहयोग पुर्याएको बताएकी छन् ।

दलित सरोकार मञ्चको आयोजनामा बुधबार गाउँपालिकाको सभाहलमा आयोजना गरिएको सिकाइ, दस्तावेजीकरण तथा अनुभव आदान प्रदान कार्यशाला गोष्ठीमा उनले यस्तो यस्तो बताएकी हुन् ।

सो गोष्ठी युरोपियन युनियनको आर्थिक सहयोग, वेल्टहङ्गर्हिल्फेको प्राविधिक सहयोग एवम् आसमान नेपालको अगुवाईमा आयोजना गरिएको हो । ‘आसमान नेपाल र दलित सरोकार मञ्च सप्तरीद्धारा सञ्चालित नागरिक सक्रियता परियोजनाको सहजीकरणले यस गाउँपालिकाका जनप्रतिनिधि एवं कर्मचारीहरुलाई क्षमता विकासमा सहयोग पुर्याएको छ’ उनले भनिन्–‘यसको सहयोगले हामी सुशासनको तबरले अगाडी बढाउन सार्वजनिक सुनुवाई, सार्वजनिक परिक्षण र सामाजिक परिक्षण लगायतका कार्यविधिहरु कानुन बनाई राजपत्र प्रकाशित गर्नेछौं ।’

मंचका जिल्ला संयोजक राजकुमार पासवानले गाउँपालिकामा तीन बर्षदेखि जनप्रतिनिधि एवं कर्मचारीहरुको क्षमता विकासमा सहयोग, प्रत्येक वडामा नागरिक संस्था गठन गरी संस्थागत गरिनुकासाथै मुसरह, डोम तथा सिमान्कृत महिलाहरुको क्षमता विकास, उधम विकास लगायतका कार्य गरेको बताए ।

सो गोेष्टीमा वडाध्यक्षहरु भोगेन्द्र यादव, जिवछ मण्डल, बहादुर सदा र विन्देश्वर प्रसाद साह तथा सुचना अधिकृत अरुण कुमार साह, सुशसान सहजकर्ता पुनम सरदार र परिर्वतन अभिकर्ता रामनाथ राम लगायतको उपस्थिती थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस