कोरोना संक्रमण बढ्दै, माघमा उत्कर्षमा पुग्नसक्ने अनुमान

काठमाडौं, ३० पुस । पछिल्लो समय ओमिक्रोन भेरियन्ट नेपालमा पनि फैलिएसँगै संक्रमितको संख्या बढ्न थालेको छ । बुधबार ३ हजार ७५ जना नयाँ सक्रमित थपिएकोमा बिहीबार नयाँ संक्रमितको संख्या ३ हजार ५ सय ५३ पुगेको छ । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या १४ हजार नाघेको छ ।

यसैबीच, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको तेस्रो लहरले हुने क्षतिलाई विश्लेषण गर्दै गम्भीर बिरामीको संख्या १५ हजार पुग्नसक्ने प्रक्षेपण गरेको छ । मन्त्रालयले पुसदेखि आउने वैशाखसम्मको कोरोनाको अवस्था आंकलन गर्दै माघको दोस्रोदेखि तेस्रो साताका बीचमा संक्रमण उत्कर्षमा पुग्ने देखिएको बताएको छ । माघमा मात्रै डेढ लाख बढी संक्रमित थपिने मन्त्रालयको अनुमान छ ।

मन्त्रालयको उपचारात्मक सेवा महाशाखाका निर्देशक डाक्टर पवनजंग रायमाझीले माघको १५ तिर संक्रमण उत्कर्षमा पुग्ने उल्लेख गर्दै गम्भीर संक्रमितहरूको संख्या झन्डै १५ हजार पुग्ने सम्भावना व्यक्त गरे । त्यस्तै, मध्यम लक्षण भएका संक्रमितको संख्या ४५ हजार पुग्ने अनुमान गर्दै उनले यो अवधिमा कोरोनाका सामान्य संक्रमित संख्या २ लाख ४० हजार पुग्न सक्ने बताए । अाजकाे नेपाल समाचारपत्रमा समाचार छ।

Author:



क्याटोगरी छान्‍नुहोस