धनुषामा तीन सय नाघे सक्रिय संक्रमित

जनकपुरधाम, ६ माघ । धनुषामा कोभिड–१९ को संक्रमित तीन सय नाघेको छ । जिल्ला प्रशासन कार्यालयले आज (विहिवार) उपलब्ध गराएको तथ्यांकअनुसार आज मात्रै जिल्लामा ३६ जना संक्रमित थपिएका छन् ।

कुल ७० जनाको पिसिआर परीक्षणबाट ३६ जना संक्रमण देखिएको तथ्यांकमा छ । सो संक्रमितसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ३२७ जना पुगेका छन् । सबै सक्रिय संक्रमितहरु होम आइसोलेसनमा छन् ।

त्यस्तै आज ५ जना संक्रमण मुक्त भएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस