कर्मचारी सहिद यादवको शालिकमा माल्यार्पण

राजविराज, १६ माघ । सहिद दिवसको अवसर पारेर कर्मचारी सहिद प्रभुनारायण यादवको शालिकमा आइतवार माल्यार्पण गरिएको छ ।

जिल्ला समन्वय समिति सप्तरीको परिसरमा रहेको यादवको शालिकमा राजनीतिकर्मी, जनप्रतिनिधि, कर्मचारी, सञ्चारकर्मी एवम् नागरिक अगुवाहरुले माल्यार्पण गरेका हुन् ।

जिल्ला समन्वय समिति सप्तरीका प्रमुख प्रभाकर यादव, राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादव, जनता समाजवादी पार्टी (जसपा) नेपालका सप्तरी अध्यक्ष केदारप्रसाद यादव, लोकतान्त्रिक समाजवादी पार्टी .(लोसपा)का केन्द्रीय नेता दिनेश यादवले सहिद यादवको शलिकमा माल्यार्पण गरेका छन् ।

त्यस्तै, नेपाल निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन सप्तरीका अध्यक्ष अजयकुमार झा, सहिद प्रभुनारायण स्मृति ट्रष्टका अध्यक्ष अवधेशकुमार झा, नेपाल पत्रकार महासंघका राष्ट्रिय परिषद् सदस्य मनोजकुमार माझी, जिल्ला सह–सचिव चन्दनकुमार यादव, इन्सेक सप्तरीका प्रतिनिधि मनोहर पोखरेल, उमेशकुमार यादव लगायतले पनि सहिद यादवको शालिकमा माल्यार्पण गरेका हुन् ।

कार्यक्रमका सहभागीहरुले स्थानीय तहका कर्मचारी सहिद यादवले गरेको योगदानको चर्चा गरे । तत्कालिन जिल्ला विकास समिति सप्तरीमा नायव सुब्बा पदमा कार्यरत रहेका यादवको घर फर्किने क्रममा २०६४ कार्तिक १२ गते हत्या भएको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस