सप्तरीका सिडिओको आदेश–‘शिक्षण संस्थाहरु माघ मसान्त सञ्चालन नगर्नु’

राजविराज, १७ माघ । कोभिड नियन्त्रण गर्न सप्तरीका शिक्षण संस्थाहरु माघ मसान्तसम्म भौतिक रुपमा सञ्चालन नगर्न आदेश जारी भएको छ । प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले सोमवार सो आदेश जारी गरेका हुन् ।

आदेशअनुसार विद्यालय, विश्वविद्यालय, कलेज, ट्युशन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलाप सञ्चालन गर्दा माघ मसान्तसम्म भौतिक रुपमा उपस्थितिमा सञ्चालन नगर्ने भनिएको छ । शैक्षिक क्रियाकलाप भर्चुअल वा वैकल्पिक शिक्षण सिकाइका विधिहरु अपनाएर सञ्चालन गर्न भनिएको छ ।

त्यस्तै, सबै खाले परीक्षाहरु सञ्चालन गर्दा जनस्वास्थ्यका मापदण्ड पालन गरी सञ्चालन गर्न भनेको छ ।

त्यस्तै, सिनेमा हल, डान्स बार, दोहोरी नाच घर, क्लव, जिम खाना, स्विमिङ पुल, फुटसल, पटके हाटबजार र मानिसहरुको भिडभाड हुने अन्य प्रकारका कार्यक्रम पनि माघ मसान्तसम्म सञ्चालन नगर्न आदेशमा उल्लेख छ ।

Author:



क्याटोगरी छान्‍नुहोस