नेपाल रेल्वे कार्यालयमा लगाइएको ताला खुलाइयो

जनकपुरधाम । आन्दोलनरत रेल्वे कर्मचारी संघर्ष समितिले जनकपुरधामस्थित नेपाल रेल्वे कम्पनीको कार्यालयमा लगाएको ताला खुलाइएको छ ।

पूर्व कर्मचारीहरुले पुनर्बहाली गर्न माग गर्दै दुई सातादेखि संघर्ष समिति गठन गरेर आन्दोलन गर्दै आएका छन् । सोही क्रममा उनीहरुले गत शुक्रवार कार्यालयमा तालाबन्दी गरेका थिए । तालाबन्दीका कारण कार्यालयको कामकाज प्रभावित हुन थालेपछि सोमवार सुरक्षाकर्मीले सो ताला तोडेका छन् ।

गत पुस २७ गते महाप्रबन्धक निरन्जन झाले रेल संचालनका लागि ५५ जना नयाँ कर्मचारीलाई दैनिक ज्यालादारीमा नियुक्त गरेपछि विगतमा रेल सम्बन्धी तालिम लिइसकेका कर्मचारी(पूर्व कर्मचारी)हरु आन्दोलित भएका हुन् ।

यसअघि कम्पनीका पूर्व महाप्रबन्धक गुरुप्रसाद भट्टराईले रेल सञ्चालनका लागि १ सय ५१ जना कर्मचारीलाई नियुक्त गरी तालिम समेत दिएका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस