सप्तरीमा १२ देखि १७ वर्ष उमेर समूहकालाई खोप लगाइँदै

राजविराज, १७ माघ । सप्तरीमा भोली (मंगलबार)बाट १२ देखि १७ वर्ष उमेर समूह बालबालिकालाई कोभिड विरुद्धको खोप लगाउने भएको छ ।

स्वास्थ्य कार्यालयले सूचना जारी गर्दै सो उमेर समूहका बालबालिकालाई माघ १८ गतेबाट मोडर्ना खोप लगाइने जनाएको छ । जसकालागि कार्यालयले सूची पनि जारी गरेको छ भने सूचीअनुसार ती उमेर समूहका बालबालिकालाई सम्बन्धित स्थानीय तहले तोकेका विद्यालय वा स्वास्थ्य संस्थामा खोप कार्यक्रम सञ्चालन गर्न आग्रह गरेको छ ।

सूचीअनुसार राजविराज, सप्तकोशी, सुरुङ्गा, हनुमाननगर कंकालिनी र खडक नगरपालिका तथा तिलाठी कोइलाडी, तिरहुत र अग्नीसाइर कृष्णसवरण गाउँपालिकामा १८ गतेदेखि २० गतेसम्म खोप लगाइनेछ ।

त्यस्तै, शम्भुनाथ, डाक्नेश्वरी र बोदे बरसाइन नगरपालिका तथा रुपनी, विष्णुपुर, छिन्नमस्ता, राजगढ र बलान विहुल गाउँपािलकामा १९ गतेदेखि २१ गतेसम्म लगाइने स्वास्थ्य कार्यालयको सूचनामा उल्लेख छ ।

Author:



क्याटोगरी छान्‍नुहोस