सप्तरी, सिरहासहित १२ जिल्लाका प्रहरी प्रमुखसँग गृहमन्त्रीको टेलिफोन वार्ता

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले १२ वटा जिल्लाका प्रहरी प्रमुखसँग टेलिफोन वार्ता गरेका छन् । जिल्लामा शान्ति सुरक्षाको अवस्था, प्रहरीमा कोभिड–१९ को प्रभाव र प्रहरीको रासनबारे उनले प्रहरी प्रमुखसँग टेलिफोन वार्ता गरेका हुन् ।

गृहमन्त्री खाँणले झापा, इलाम, पाँचथर, ताप्लेजुङ, धनुषा, सप्तरी, सिरहा, सर्लाही, अछाम, पर्सा, मकवानपुर र रौतहटका प्रहरी प्रमुखसँग टेलिफोन वार्ता गरी जिल्लाको वस्तुस्थितिबारे जानकारी लिएका हुन् ।

उनले मुख्यगरी प्रहरीमा र समग्र जिल्लामा कोभिड–१९ को प्रभाव, शीतलहर र हिमपातको अवस्था, जिल्लामा सुरक्षा स्थिति, प्रहरीलाई सरकारले उपलब्ध गराउने रासन भत्ता वितरण बारेमा जानकारी लिएको प्रहरी प्रमुखले जानकारी दिएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस