सुनसरीमा बस र ट्रक ठोक्किँदा भयानक आगलागी, दुबै चालक र एक यात्रुको मृत्यु

विराटनगर, २२ माघ । सुनसरीको कोशी गाउँपालिका–१ फुलचोकमा गए राति बस र ट्रक एक आपसमा ठोक्किएर दुबै चालकसहित तीन जनाको मृत्यु भएको छ भने अन्य २८ जना घाइते भएका छन् ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत खुनिया खोला पुलमा पूर्वतर्फ जाँदै गरेको ना५ख २९९६ नम्बरको ट्रक र पश्चिमतर्फ आउँदै गरेको ना८ख ८४९३ नम्बरको बस ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनापछि बस र ट्रकमा आगलागी भएको छ ।

दुर्घटनाका घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । सबै घाइतेको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार मृतकहरु बसका चालक पाँचथरका सुरेन राई र एक जना पुरुष यात्रु छन् । त्यस्तै, ट्रकका चालकको अझैंसम्म पहिचान खुल्न सकेको छैन् । मृतकहरुको शव आगोले जलेर पूरै डल्लो भएको छ । दुर्घटनामा बस पूर्ण रुपमा जलेर नष्ट भएको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस