किसानको समस्या पहिचान गरी समाधान गर्न उच्चस्तरीय समिति

जनकपुरधाम, २२ माघ । मधेश प्रदेश सरकारले किसानहरुको समस्या पहिचान गरी समाधान गर्न उच्च स्तरीय समिति गठन गरेको छ । आज बसेको मन्त्रीपरिषद्को बैठकले सो समिति गठन गरिएको हो ।

समितिको संयोकत्वमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विजय कुमार यादव छन् भने पाँच सदस्यीय समितिको सदस्यहरुमा अर्थमन्त्री शैलेन्द्र प्रसाद साह, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री शत्रुधन महतो, आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत प्रसाद साह र खानेपानी तथा उर्जा विकास मन्त्री ओम प्रकास सर्राफ छन् ।

समितिले कृषि तथा पशुपंक्षी विकास, किसानको मलखाद, विउविजन तथा सिचाई समस्या, वीमाको अवस्था, डुवान कटानको अवस्था, कृषि यान्त्रिकीकरणको अवस्था र आगामी रणनीति तयार गर्ने जिम्मेवारी पाएको सरकार प्रवक्ता एवम् अर्थमन्त्री साहले जानकारी दिए ।

त्यस्तै, कृषि विद्युतीकरणको अवस्था, मधेश प्रदेशको भू–उपयोग नीति निर्माण एवम् मधेश सरकारले कषि सुधारको लागि गरेको गतिविधिको समीक्षा एवम् अगामी योजनाबारे नीति निर्माण गर्ने समितिलाई जिम्मेवारी दिइएको छ ।

समितिलाई १५ दिनभित्र मन्त्रीपरिषद्मा अन्तरिम प्रतिवेदन पेश गर्ने समयसिमा दिइएको छ भने १ महिनामा पूर्ण प्रतिवेदन पेश गर्न भनिएको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस