बिहिवारको संसद बैठकमा सबै सांसदलाई अनिवार्य उपस्थित हुन कांग्रेसको सर्कुलर

काठमाडौं, ११ फागुन । नेपाली कांग्रेसले बिहिवार बस्ने प्रतिनिधिसभा बैठकमा आफ्नो दलका सबै सांसदलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ ।

पार्टीका सबै सांसदलाई बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन सर्कुलर जारी गरिएको संसदीय दलकी सचेतक पुष्पा भुसालले जानकारी दिइन् ।

भोलिको संसद बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीमाथि सैद्धान्तिक छलफल हुने र सो छलफल नै निर्णायक बन्न सक्ने भएकाले सांसदलाई अनिवार्य उपस्थित हुन भनिएको बताइएको छ ।

हाल प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका तर्फबाट ६३ जना सांसद छन्, तीमध्ये दुईजना निलम्बित छन् भने सांसद प्रदीप गिरी उपचारका क्रममा भारतमा छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस