ब्राउन सुगरसहित सप्तरीबाट दुई युवक पक्राउ

राजविराज । सप्तरीको सप्तकोशी नगरपालिका–२ सखुवनीबाट दुई जना युवकलाई ब्राउन सुगरसहित गरिएको छ । पक्राउ पर्नेमा उदयपुरको त्रियुगा नगरपालिका–१३ लक्ष्मिपुरका २६ वर्षीय सुमित चौधरी र उदयपुरकै चौदण्डी नगरपालिका–८ हडियाका ३४ वर्षीय विद्याानन्द चौधरी छन् ।

कंचनपुर–फत्तेपुर सडकखण्डमा आवतजावत गर्ने क्रममा गत मंगलवार पक्राउ गरिएका दुवै जनालाई प्रहरीले बुधवार सार्वजनिक गरेको हो ।

प्रदेश १–०५–००१ प ४५९३ नम्वरको मोटरसाइकल सहित पक्राउ परेका दुवै जनाको साथबाट ६ ग्राम ब्राउन सुगर बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।

दुवै जनामाथि लागु औषध मुद्दामा म्याद थप गराई आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस