सप्तरीमा करेन्ट लागेर एकको मृत्यु

राजविराज, १२ फागुन । सप्तरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको डाक्नेश्वरी नगरपालिका ९ बस्ने ४२ वर्षीय महादेव साहको मृत्यु भएको हो ।

बुधवार घर नजिकै रहेको पोखरीबाट मोटरले पानी पटाउने क्रममा करेन्ट लागी घाइते भएको साहको राजविराज स्थित छिन्नमस्ता अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए । उनका अनुसार घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस