मेयरको कार्यशैलीप्रति जसपाको आपत्ति, मुडभेड निम्त्याउने कार्यमा लागेको आरोप

राजविराज । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सप्तरीले सप्तकोशी नगरपालिकाका मेयर उत्तमकुमार शर्माको कार्यशैलीप्रति खेद व्यक्त गरेको छ ।

जिल्ला अध्यक्ष केदार प्रसाद यादवले शनिबार प्रेस विज्ञप्ती जारी गर्दै सत्ता र शक्तीको दुरुपयोग गरी चार दलिय गठबन्धनको आन्दोलनमाथि दमनकारी नीति लिएको भन्दै विरोध जनाएका हुन् । विज्ञप्तीमा चार दलिय गठबन्धन आबद्ध संघर्ष समितिले उठाएको शान्तिपुर्ण मागलाई वार्ता र सम्वादको माध्यमले समाधान खोज्नेतर्फ अग्रसर हुनुपर्नेमा मेयर शर्माले दमनको नीति लिँदै मुडभेड निम्त्याउने कार्यमा लागेको भनिएको छ ।

घटनालाई अतिरञ्जित गर्दै आबद्ध दलका नेताकार्यकर्तालाई प्रयोग गरि स्थानीय प्रशासनलाई दवाव सिर्जना गर्ने कार्य भएको भन्दै विज्ञप्तीमा आपत्ति प्रकट गरिएको छ । विज्ञाप्तिमा भनिएको छ, द्वन्द्वलाई साम्य पार्नु भन्दा थप मलजल गर्ने नियतले स्थानीय प्रशासनमा ज्ञापनपत्र बुझाउने र बिपक्षी गठबन्धलाई उत्तेजित पार्न प्रेस विज्ञाप्ति जारी गर्ने जस्ता गतिविधिको घोर भत्सर्ना गर्दछु ।’

मेयर र आबद्व दलको गतिविधिले थप मुडभेडलाई बल पुर्याएको ठहर गर्दै पुनः पनि यस्ता कुनै पनि अप्रिय घटना घटेको खण्डमा नगरपालिका र आबद्ध दल जिम्मेवार हुने जसपाको विज्ञप्तीमा उल्लेख छ ।

विज्ञाप्तिमा गत मंगलबार (फागुन १० गते) अनावश्यक बल प्रयोग गरि वडा नम्बर ४ का अध्यक्ष बद्रीनारायण चौधरी, वडा नम्बर ५ का अध्यक्ष दिपक कुमार लेखी र किसान यादवमाथि भएको आक्रमणको निन्दा गर्दै घाइतेहरुको स्वास्थ्य उपचार र दोषीमाथि कडा कारबाही हुनुपर्ने माग गरिएको छ ।

नगरपालिकामा सूचना माग गर्दै नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा र एकीकृत समाजवादी पार्टीले ज्ञापन पत्र बुझाएका थिए । सूचना उपलब्ध नगराएका कारण गत फागुन ८ गते चार दलिय गठबन्धनले नगरपालिकामा तालाबन्दी गरेका थिए ।

नगरपालिकाले भोलिपल्ट ताल्चा फुटाएर कामकाज सुचारु गरेपछी गठबन्धनले पुनः तालाबन्दी गर्न खोज्दा झडप भएको थियोे । झडपका क्रममा जनप्रतिनिधिसहित दुबै पक्षका आधा दर्जन व्यक्ति घाइते भएका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस