ईन्जिनियरहरुको निर्वाचनः पदाधिकारीमा अन्जु एक्लो महिला उम्मेदवार

जनकपुरधाम, २५ फाल्गुन । आगामी फाल्गुन २७ गते हुन लागेको नेपाल ईन्जिनियर्स एसोसिएसनको निर्वाचनमा प्रदेश पदाधिकारीमा एक्लो महिला आर्किटेक्ट अन्जु यादव मैदानमा उत्रेकी छिन् ।

एसोसिएसनको ३३ औं केन्द्रीय कार्य समिति, परिषद् सदस्य तथा मधेश प्रदेश कार्यसमितिका लागि निर्वाचन हुन लागेको हो । एक साथ हुन लागेको उक्त निर्वाचनमा विभिन्न प्यानलबाट केन्द्रदेखि प्रदेशका लागि उम्मेदवारी परेकोमा पदाधिकारीमा उनी एक मात्र महिला प्रदेश कोषाध्यक्ष पदमा आर्किटेक्ट ईन्जिनियर अन्जुको उम्मेदवारी परेको छ । मधेश प्रदेशबाट ई. राजेश यादव (सभापति)को नेतृत्वमा उनी चुनावी प्रतिष्पर्धामा उत्रेर आफु सहित प्यानलको जीतका लागि अभ्यासमा जुटेकी छिन् ।

चुनावी मैदानमा उनी एकीकृत प्रगतिशील ईन्जिनियर समुहबाट उम्मेदवार बनेकी छिन् । अन्य सङ्गठनहरुबाट पदाधिकारीमा पुरुषहरुकै मात्र उम्मेदवारी परेको जनाईएकोे छ ।
चुनावी मैदानमा आफुलाई अग्र पंक्तिमा उभ्याईएकी उनी यतिबेला मतदाताहरु मत माग्नमा व्यस्त छिन् । कोरोना कहर लगायतका समस्याहरुका पटक पटक चुनाव सारिएकोले उनलाई समेत निक्कै खटिनु परेको छ ।

पेशागत हकहितका लागि काम गर्ने तथा सङ्गठनमा समेत आमूल परिवर्तन ल्याउने सङ्कल्पका साथ चुनावी प्रतिष्पर्धामा उत्रिएकी अन्जुले अत्यधिक मतका साथ जिताउन मतदाताहरुसँग आग्रह गरेकी छिन् । अत्यन्तै मेहनती, मिलनसार, अद्भूत क्षमता एवम् कार्यकुुशलताले सम्पन्न उनी भन्छिन् ‘मलाई विश्वास छ, सबैको सहयोग पाउनेछुु, चुनाव जितेपछि पेशागत हक हितका लागि अनुभूति हुने गरी काम गर्ने मेरो प्रतिवद्धता छ ।’

प्रगतिशिल समूूहबाटै केन्द्रीय सदस्यमा सप्तरीका चर्चित ईन्जिनियर संजिवनारायण यादवले समेत उम्मेदवारी दिएर चुनावी प्रतिष्पर्धामा उत्रेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस