बोदे बरसाईन नगरपालिकाको नवनिर्मित भवनको उद्घाटन

उमेश कुमार साह
बोदे बरसाइन (सप्तरी) । सप्तरीको बोदे बरसाईन नगरपालिकाको नवनिर्मित प्रशासनिक भवन उद्घाटन भएको छ । कुल ५ करोड ९७ लाख ३१ हजार ५११ (भ्याट बाहेक) रुपैयाँको लागत गरिएको आधुनिक सुविधासहितको चार तल्ले भवनको आज नगर प्रमुख आतेशकुमार सिंहले यादवले उद्घाटन गरेका हुन् ।

उद्घाटन गर्दै नगर प्रमुख यादवले भवन निर्माण भएसँगै यहाँ सर्वसाधारणलाई छिटो छरितो र सहज रुपमा सेवा पाउने बताए । ‘यसअघिको भवनबाट सेवा प्रवाह भइरहदा कोठा अभावले सर्वसाधारणलाई सेवा पाउन केही समस्या नै थियो, केही ढिलो पनि भवन तयार गर्न सफल भएको खुशी लागेको छ’ उनले भने–‘नवनिर्मित भवनबाट सेवा प्रवाह गर्न अब केही मात्रै समय लाग्छ ।’

करिब १० कठ्ठा क्षेत्रफलमा बनाइएको सो भवन परिसरमा स्काई लाइट, वाटर पार्क तथा लिफ्ट समेत रहेको छ । भवनमा ३० वटा कोठा, १५ वटा शौचालय र ९ वटा युरिनलहरु रहेको नगरपालिकाका इन्जिनियर बिनोद साहले जानकारी दिए । ‘भवन पूर्ण रुपमा भूकम्प प्रतिरोधी, महिला र अपाङ्गमैत्री छ’ उनले भने–‘सबै कोठाहरुमा पर्याप्त उज्यालो होस् र हावा छिर्ने खालको होस् भनेर स्काइ लाइट प्रविधि अपनाएर भवन निर्माण गरिएको छ ।’

उनले स्तनपान गराउने महिला सेवाग्राहीहरुलाई सजिलो होस् भनेर स्तनपान कक्ष समेत निर्माण गरिएको बताए । भवनको तेस्रो तल्लामा नगर प्रमुख, उपप्रमुख, सभा हल, क्वाटर रुम रहेको छ भने दोस्रो र पहिलो तल्लामा प्रमुख प्रशासकीय अधिकृत, लेखा शाखा तथा कम्प्युटर शाखाको लागि कोठाहरु तयार गरिएको छ ।

त्यस्तै, कम्पाउण्डभित्र क्यान्टिन, सुरक्षा गार्ड बस्ने कोठा र पार्किङ्गको व्यवस्था गरिएको छ । यद्यपी, क्यान्टिन, सुरक्षा गार्ड बस्ने कोठा र पार्किङ्गको व्यवस्था गर्न केही समय लाग्ने इन्जिनियर साहले बताए ।

आठौं नगरसभा सम्पन्न

आजै नगरपालिकाको आठौं नगरसभा पनि सम्पन्न भएको छ । नव निर्मित भवनमै नगर प्रमुख यादवको अध्यक्षतामा नगरसभा आयोजना गरिएको हो ।

सभाले तीन वटा ऐन र प्रस्ताव पास गरिएको छ । सभामा जनप्रतिनिधिहरुको साढे ४ बर्षे कार्यकालको समिक्षा पनि गरिएको छ । समिक्षाकै क्रममा बजेट अभावले सोचेअनुसारको काम गर्न समस्या भइरहेको जनप्रतिनिधिहरुको भनाई थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780