लोसपा सप्तरीको उजुरी–म्याद सकिएपछि पनि ८४ मतदाताको विवरण थपियो

राजविराज, ३० फागुन । निर्वाचन तालिकाअनुसार म्याद सकिएपछि पनि मतदाताको नाम समावेश गरिएको भन्दै सप्तरीस्थित एक राजनीतिक दलले प्रमुख जिल्ला अधिकारीलाई उजुरी दिएको छ ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल सप्तरीका सुनिलकुमार झाले प्रजिअ जनार्दन गौतमलाई सोमवार उजुरी पत्र बुझाएका हुन् । ‘स्थानीय तह निर्वाचनका लागि गत माघ २४ गते नै मतदाता परिचयपत्रका लागि आवश्यक विवरण लिने काम बन्द भइसकेकोमा माघ २७ र २८ गते पनि राजविराज नगरपालिका–६ का केही व्यक्तिहरुको निजी घरमा पुगेर फोटो खिच्ने काम र मतदाता सूचीमा समावेश गर्ने काम समेत भएको छ’, उजुरीमा छ ।

यसरी फोटो खिचिएका केही व्यक्तिको नाम निर्वाचन कार्यालयको आधिकारीक वेवसाइटमा समेत फेला परेको दाबी गर्दै पछि थप गरिएका नामहरु हटाउन र यस्तो काममा संलग्न जनप्रतिनिधि र कर्मचारीमाथि कारवाही गर्न उजुरीमा माग समेत गरिएको छ । उजुरीअनुसार ८४ जनाको नामावली थप गरिएको छ ।

प्रजिअ गौतमले आवश्यक छानबिन गरी दोषिमाथि कारवाही गरिने बताए । ‘जिल्ला निर्वाचन अधिकारी रमेशकुमार जोशीसँग सम्पर्क गर्दा उहाँ कार्यालय बाहिर रहेको बुझियो’ उनले भने–‘कार्यालयमा आएपछि बास्तविकता बुझेर तत्कालै यस सन्दर्भमा आवश्यक कारवाही प्रक्रिया अघि बढाउने बताउनुभएको प्रतिक्रिया पाए ।’

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780