सामाजिक सञ्जालबाट २९ लाख ठगी, एक व्यक्ति पक्राउ

जनकपुरधाम । प्रहरीले सामाजिक संजालको दुरुपयोग गरेर २९ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक मन्डनदेउपुर गाउँपालिका ४ का ३८ वर्षीय गन्दिप गौतम छन् ।

उनले वाट्सएपबाट पार्सल र चिठ्ठा परेको भन्दै सो रकम पाउनका लागि कर वापतको रकम माग गर्दै ठगी गरेका थिए । प्रहरीका अनुसार आफू बिदेशी नागरिक बताउने डा.जोहान लोरेन्स नामक व्यक्तिले फेसबुक, वाट्सएपको माध्यमबाट पीडितलाई ९० लाखको चिठ्ठा परेको प्रलोभन दिदै सुनको सिक्री, २ लाख पाउण्ड भएको सुटकेश समेतको पार्सल पठाइसकेको म्यासेज पठाएको थियो ।

केही समयपछि प्रताप राना सिंह नाम बताउने व्यक्तिले पीडितलाई वाटसएप मार्फत फोन गरी पार्सल र चिठ्ठा परेको रकम पाउनको लागि ट्याक्स रकम तिर्नुपर्छ भनी भ्रमपूर्ण बिश्वासमा पारेर बिभिन्न ब्यक्तिहरुको नाममा रहेको बैंक खाता नम्बर र आइएमईको माध्यमबाट सो रकम जम्मा गर्न लगाई ठगी गर्ने कार्यमा संलग्न गौतमलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

उनीलाई ठगी सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780