प्रजिअको आग्रह–अवाञ्छित क्रियाकलाप नगरी सभ्य र शान्तिपूर्ण ढंगले चाडपर्व मनाऔं

राजविराज, १ चैत । जिल्ला प्रशासन कार्यालय सप्तरीले चाडपर्वको नाममा अवाञ्छित एवं कानून विपरित कार्य नगर्न आग्रह गरेको छ ।

प्रमुख जिल्ला अधिकारी (प्रजिअ) जनार्दन गौतमले मंगलबार सूचना जारी गर्दै आउँदै गरेको रंगको पर्व होलीको उपलक्ष्यमा शुभकामना दिदैँ चाडपर्वको नाममा कसैको इच्छा विपरित रंग तथा लोला नहाल्न आग्रह गरेका हुन् ।

‘चाडपर्व मनाउने क्रममा कसैको इन्छा विपरित रंग लगाउने, लोला हान्ने, फोहोर पानी तथा हिलो छ्याप्ने, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने, सार्वजनिक स्थानमा होहल्ला गर्ने जस्ता अवाञ्छित क्रियाकलाप नगरी सभ्य र शान्तिपूर्ण ढंगले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाई चाडपर्व मनाउन जिल्लावासीमा हार्दिक अपिल गर्दछ ।’, सूचनामा छ ।

चाडपर्वको नाममा अवाञ्छित एवम् कानून विपरित कार्य गरे गराएको पाइएमा कानून बमोजिम कारवाही हुने सूचनामा जनाइएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस