विगो भरीभराउ मुद्दाका फरार प्रतिवादी पक्राउ

उमेश कुमार साह
बोदे बरसाईन, १ चैत । सप्तरी प्रहरीले विगो भरिभराउ मुद्दाका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको बोदे बरसाईन नगरपालिका–८ काचनका ५२ वर्षीय जिवछ प्रसाद यादव छन् ।

सोमवार यादवलाई सुरुङ्गा नगरपालिका–६ बाट नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक विरेन्द्र पासवानले जानकारी दिए ।

उनलाई सोमवारै पर्सा जिल्ला अदालतमा पठाइएको जनाएको छ । सोही अदालतबाट उनलाई सो मुद्दामा २ वर्ष कैद सजाय फैसला सुनाएको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस