उदयपुरमा नौ वर्षीया बालिका बलात्कृत, ४५ वर्षीय व्यक्ति पक्राउ

उदयपुर । उदयपुरमा नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बेलका नगरपालिका–५ का घुम्ने लालिगुँरासका ४५ वर्षीय गणेश खत्री छन् । खत्रीलाई सोमवार साँझ पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले जानकारी दिए ।

खत्रीमाथि ती बालिकालाई प्रलोभनमा पारेर कुखुराको फर्ममा लगेर बलात्कार गरेको आरोप रहेको प्रहरीले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस