युएईमा रहेका मधेशीहरुले मनाए होली रङ्गोत्सव

काठमाडौं, १ चैत । मधेशी एकता समाजले संयुक्त अरब इमिरेट्सको दुबईमा धुमधामका साथ कार्यक्रम आयोजना गरी आइतबार होली मनाएको छ । विदेशमा बसोवास गर्ने नेपालका मधेशी समुदायको छाता संगठन मधेशी एकता समाजले होली रङ्गोत्सव नाम दिएर कार्यक्रम गरी होली मनाएको हो ।

सो कार्यक्रममा युएईमा वैदेशिक रोजगारीमा रहेका तीन सयभन्दा बढी मधेशीले सहभागिता जनाएका थिए । समाजका अध्यक्ष मुकेश झाको सभापतित्वमा तथा युएईस्थित नेपाली दूतावासका द्वितीय सचिव भुवन ओझाको प्रमुख अतिथ्यमा आयोजना गरिएको कार्यक्रममा बोल्दै द्वितीय सचिव ओझाले युएईमा रहेका नेपालीहरुले होली महोत्सव आयोजना गर्नुले दूतावासलाई गौरवान्वित बनाएको बताए ।

त्यस अवसरमा उनीहरुले रङ्ग, अबीर साटासाट गरेर र मीठा परिकार खानपीन गरेर होली मनाएका थिए । यस्तै त्यस अवसरमा सांस्कृतिक कार्यक्रमको आयोजना समेत गरिएको थियो ।

कार्यक्रममा कलाकारहरु सन्तोष सहनी, आरती चौधरी, अंकिता शर्मा, ब्रजेश सिंह, राम यादव, दिनेश साह, प्रमिला रिजाल, सलामत, इन्द्र सेन्चुरी, देव श्रेष्ठ र नेपाली बोय्ज टीमले आफ्ना गायन तथा नृत्य प्रस्तुत गरेका थिए ।

यसअघि समाजका संस्थापक डा. रविन्द्रकुमार यादवको नेतृत्वमा सन् २०१६ मा युएईमा रहेका मधेशीहरुले होली मनाएका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780