मोरङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

मोरङ । मोरङको कटहरी गाउँपालिका–५ मा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भित्री सडकखण्डमा को २९ प ९१९७ नम्बरको मोटरसाईकल सोमबार बेलुकी साढे ८ बजे अनियन्त्रित भई घरको भित्तामा ठोक्किएर दुर्घटनामा एक जना गम्भिर घाइते भएका छन् ।

मृत्यु हुनेमा मोटरसाइकल चालक स्थानिय २२ वर्षिय रबि हजारी थारु रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका थारुको कोशी अस्पतालमा उपचारको क्रममा सोमबार राती १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा पछाडी सवार २६ वर्षिय सत्य नारायण माझीको सोही अस्पतालमा उपचार भइरहेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस