तिलाठी कोइलाडी : उपाध्यक्षमा इन्दुमाया यादवको चर्चा

बभनगामा (सप्तरी) । आउँदो वैशाख ३० गते हुने स्थानीय निर्वाचनको सरगर्मी बढेको छ । कतिपय स्थानीय नेता टिकटका लागि दौडधुप गरिरहेका छन् भने कतिले धमाधम आफ्नो दावेदारी सार्वजनिक गरिरहेका छन् ।

केहीको भने चर्चा व्याप्त छन् । निर्वाचन नजिकिंदै गर्दा यहाँका चोक, पसल र गाउँमा सम्भावित उम्मेदवारको नामबारे चर्चा हुन थालेको हो । चर्चामध्येकै एक नाम हो, इन्दुमाया यादव । तिलाठी कोइलाडी गाउँपालिका–६ वभनगामा निवासी यादव गाउँपालिकाकी उपाध्यक्षमा उम्मेदवारी दिने चर्चा छ ।

उनी जनता समाजवादी पार्टी (जसपा) नेपाल निकट हुन् । जसपाबाट उम्मेदवारीको तयारीमा जुटेकी स्थानीयहरु बताउँछन् । यादवको वडा नम्बर ५, ६, ७ र ८ मा राम्रो पकड रहेको स्थानीय सतन महतोले बताए ।

स्थानीय तहको निर्वाचनमा प्रमुख र उपप्रमुख पदमध्ये एकजना महिला अनिवार्य उठाउनुपर्ने प्रावधान छ । जसअनुसार गाउँपालिकामा उनी उपाध्यक्षकी आकांक्षी देखिएकी छन् ।

शिक्षित महिला सो पदमा आए स्थानीय तहबाट हुँदै आएको विकासीय कामकाज पनि ठोस रुपमा हुने तथा स्थानीय तहमा हुने न्यायिक कामकारवाही पनि सहज रुपमा पाउने यहाँका सर्वसाधारणको अपेक्षा छ ।

कूल १९ हजार ६४१ जना मतदाता रहेको यस गाउँपालिकावासीले पनि शिक्षित र समाजसेवी उम्मेदवारलाई मत दिएर विजयी बनाउने स्थानीयहरुको भनाई छ ।

Author:



क्याटोगरी छान्‍नुहोस