सप्तरीमा २९७ मतदानस्थलमा ५३६ मतदान केन्द्र

कमलकुमार मण्डल
राजविराज, १५ चैत । आउँदो वैशाख ३० हुने स्थानिय तहको निर्वाचनका लागि सप्तरीमा ५ सय ३६ मतदान केन्द्र तोकिएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लाभर २ सय ९७ मतदानस्थलमा ५ सय ३६ मतदान केन्द्र तोकिएको हो ।

जसमा सबैभन्दा बढी राजविराज नगरपालिकामा मतदान केन्द्र तोकिएको छ भने सबैभन्दा कम बलान विहुल र तिरहुत गाउँपालिका र सप्तकोशी नगरपालिमामा मतदान केन्द्र तोकिएको निर्वाचन कार्यालयका प्रमुख रामेशकुमार जोशीले जानकारी दिए । त्यस्तै, अग्निसाइर कृष्णासवरन गाउँपालिकामा १३ मतदानस्थलमा २३ वटा, कञ्चनरुप नगरपालिकामा २५ मतदानस्थलमा ४७ वटा, खडक नगरपालिकामा २४ मतदानस्थलमा ४० वटा, छिन्नमस्ता गाउँपालिकामा १३ मतदानस्थलमा २२ वटा मतदान केन्द्र तोकिएको छ ।

त्यस्तै, डाक्नेश्वरी नगरपालिकामा २१ मतदानस्थलमा ३७ वटा, तिरहुत गाउँपालिकामा ११ मतदानस्थलमा १९ वटा, तिलाठी कोइलाडीमा गाउँपालिकामा १६ मतदानस्थलमा २५ वटा, राजगढ गाउँपालिकामा १३ मतदानस्थलमा २६ वटा मतदान केन्द्र तोकिएको छ ।

त्यस्तै, बोदे बरसाइन नगरपालिकामा १८ मतदानस्थलमा ३७ वटा, महदेवा गाउँपालिकामा १३ मतदानस्थलमा २३ वटा, राजविराज नगरपालिकामा २७ मतदानस्थलमा ५२ वटा, रुपनी गाउँपालिकामा १२ मतदानस्थलमा २३ वटा, बलान बिहुल गाउँपालिकामा ९ मतदानस्थलमा १९ वटा मतदात केन्द्र तोकिएको निर्वाचन कार्यालयले जनाएको छ ।

त्यस्तै, विष्णुपुर गाउँपालिकामा १० मतदानस्थलमा २० वटा, शम्भुनाथ नगरपालिकामा १७ मतदानस्थलमा ३० वटा, सप्तकोशी नगरपालिकामा ११ मतदानस्थलमा १९ वटा, सुरुङ्गा नगरपालिकामा २३ मतदानस्थलमा ३७ र हनुमाननगर कंकालिनी नगरपालिकामा २१ मतदानस्थलमा ३७ वटा मतदान केन्द्र तोकिएको जनाएको छ ।

सप्तरीमा कूल चार लाख १२ हजारभन्दा बढी मतदाता छन् । दुई लाख १३ हजार ८ सय ९२ पुरुष, एक लाख ९८ हजार ५ सय ३२ महिला र २१ जना तेश्रो लिङ्गी गरी चार लाख १२ हजार ४ सय ४५ मतदाता रहेको निर्वाचन प्रमुख जोशीले जानकारी दिए ।

Author:



क्याटोगरी छान्‍नुहोस