नेपाल र भारतबीच रामायण सर्किट अघि बढाउने सहमति

नेपाल र भारतबीच रामायण सर्किट अघि बढाउने सहमति भएको छ । कोलम्बोमा नेपालका परराष्ट्रमन्त्री डा. नारायण खड्का र भारतीय समकक्षी एस जयशंकरबीच यस्तो सहमति भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको पूर्वसन्ध्यामा उनीहरूबीच साइडलाइन वार्ता भएको हो । मन्त्री खड्का विमस्टेक सम्मेलनमा भाग लिन श्रीलंका पुगेका थिए । भेटका क्रममा उनीहरूबीच उर्जा, मल  तथा स्वास्थ्य क्षेत्रका विषयमा पनि छलफल भएको बताइएको छ ।

रामायण सर्किट रामसँग जोडिएका धार्मिकस्थललाई रेलमार्गमार्फत जोड्ने महत्वाकांक्षी परियोजना हो । यस परियोजना निर्माण भएको अवस्थामा अयोध्या, प्रयाग, नन्दीग्राम, जनकपुर, चित्राकुट, सीतामाढी, नासिक, हम्पी र रामेश्वरम क्षेत्रको ७५ सय किलोमिटर दूरी रेलमार्फत जोडिनेछ ।

Author:



क्याटोगरी छान्‍नुहोस