जसपाबाट कञ्चनरुपको मेयरमा पासवानको नाम प्रस्ताव

सप्तरी । जनता समाजवादी पार्टी (जसपा) नेपालबाट कञ्चनरुप नगरपालिकाका मेयर पदको उम्मेदवारका लागि सञ्चारकर्मी एवम् अधिकारकर्मी भोलाकुमार पासवानको नाम प्रस्ताव भएको छ । कञ्चनरुप नगर कार्यसमितिको बुधबार बसेको बैठकले मेयर पदको उम्मेदवारका लागि पासवानको नाम सर्वसम्मतले प्रस्ताव गरिएको हो ।

जसपाका नगर अध्यक्ष सुदम्वर यादवको अध्यक्षतामा बसेको बैठकमा यादवले नै कञ्चनरुप नगरपालिका–८ निवासी पासवानको नाम प्रस्ताव गरेका थिए । मेयर पदमा पासवानलाई नै उम्मेदवार बनाउने सर्वसम्मतले निर्णय भएको जसपा जिल्ला समन्वय समितिका कार्यकारीणी सदस्य रामेश्वर यादवले जानकारी दिए ।

झण्डै २० वर्षदेखि सञ्चार क्षेत्रमा लागेर कलम चलाउँदै आएका पासवान गरिब विपन्न र पछाडी पारिएकाहरुको हकअधिकार सुनिश्चित गराउनेतर्फ समेत आवास उठाउँदै आएका छन् ।

त्यस्तै, नगरपालिकाको उपमेयरमा वडा नम्वर ५ निवासी कल्पना चौधरी, वडा नम्वर ७ निवासी मंजिलाकुमारी सरदार र सोही वडाकी ममता कुमारी महतोको उम्मेदवारी प्रस्ताव गरिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस