सप्तरीमा पोखरीमा डुबेर बालकको मृत्यु

file photo

राजविराज । सप्तरीको राजगढ गाउँपालिका–४ मा आइतवार दिउँसो पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । मामा घर गएका विष्णुपुर गाउँपालिका–२ सिमराहा निवासी ईन्द्र यादवका ८ वर्षीय छोरा देवराज यादवको डुबेर मृत्यु भएको हो ।

सार्वजनिक पोखरीमा नुहाउन गएका देवराज डुबेर चिकिस्त भएका थिए । उपचारको लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याउने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेल बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस