मालपोत कार्यालय धनुषाका प्रमुख झा ५ लाख रुपैयाँ घुससहित पक्राउ

जनकपुरधाम । मालपोत कार्यालय धनुषाका कार्यालय प्रमुख सुनील झा ५ लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासबाट खटिएको टोलीले उनलाई सोमवार विहान जनकपुरधामस्थित भानु चोकबाट घुस लिँदै गर्दा पक्राउ गरेको हो ।

जग्गासम्बन्धी काम मिलाइदिने भन्दै प्रमुख झाले सेवाग्राहीसँग सो घुस रकम माग गरेका थिए । पक्राउ गरिएका झामाथि थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस