छिन्नमस्ता गाउँपालिकाका उम्मेदवार यादवको १९ बुँदे प्रतिवद्धता सार्वजनिक

राजविराज, २१ वैशाख । जनता समाजवादी पार्टी (जसपा) नेपालबाट सप्तरीको छिन्नमस्ता गाउँपालिकामा अध्यक्ष पदका लागि उम्मेदवारी दिएका सत्यनारायण यादवले १९ बुँदे घोषणा–पत्र सार्वजनिक गरेका छन् ।

बुधवार छिन्नमस्तामा सञ्चारकर्मीहरु समक्ष उनले घोषणा पत्र सार्वजनिक गरेका हुन् । गाउँपालिकाको सखडास्थित अस्पताललाई १५ शैय्यामा स्तरोन्नति गर्ने, जिर्ण रहेको वर्थिङ सेन्टर भवनलाई पुर्ननिर्माण गरी नियमिति सेवा उपलब्ध गराउने, ५ वर्षभित्र गाउँपालिकाको आफ्नै भवन तथा वडा कार्यालय बनाउने, सडक निर्माण गराई हिलोमुक्त गाउँपालिका बनाउने घोषणा पत्रमा उल्लेख छ ।

त्यस्तै, विद्यार्थीको अनुपातमा विषयगत शिक्षक व्यवस्था गर्ने, कृषि सडक, कृषि सेड तथा सिंचाईका लागि विद्युतीकरण गरिने उनले घोषणा पत्र सार्वजनिक गर्दै बताएका छन् । घोरदह र भलुवाही नदीलाई ढोका सिस्टममा व्यवस्थित गर्दै सिंचाईको प्रवन्ध गर्ने, सितभण्डार (कोल्डस्टोर)को व्यवस्था, कृषिमा अनुदान, प्राकृतिक प्रकोपबाट नोकसानी भएको कृषि बालीको क्षतिपूर्ति घोषणा पत्रमा समेटिएका छन् ।

त्यस्तै, योजना छनोटमा पारदर्शीता, सुशासन, भुमिहीन, गरिब, दलित, असहाय, अपाङता भएका व्यक्तिलाई रोजगारी, वडै पिछे खेलमैदान व्यवस्था गरी वर्षेनी गाउँपालिकास्तरीय खेलहरुको प्रतिस्पर्धा गराइने यादवको प्रतिवद्धता छ ।

स्थानीय श्रोत्तसाधनको उच्चतम प्रयोग गरी अनुदान मार्फत स–साना उद्योग सञ्चालन गर्ने, शुद्ध खानेपानी, फोहोर मैला व्यस्थापन, छिन्नमस्ता भगवती मन्दिरलाई पुनः भव्य मन्दिर निर्माण गरी धार्मिक पर्यटनमा वृद्धि गर्ने, ६–६ महिनामा कार्ययोजना र प्रगति विवरण सार्वजनिक सुनुवाईमार्फत सार्वजनिक गरिने यादवले प्रतिवद्धता लिएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस